Rule 56
साझेदारी वन उपभोक्ता समूहको गठन
(१). नियम १४ बमोजिमको रणनीतिक योजनाले तोकेको वन क्षेत्रलाई साझेदारी वनको रुपमा व्यवस्थापन गर्न सकिनेछ।
(२) उपनियम (१) को प्रयोजनका लागि सरकारद्वारा व्यवस्थित वनको कुनै भाग साझेदारी वनको रुपमा विकास र संरक्षण गर्न चाहने वनक्षेत्रको नजिकै: वा वनबाट टाढा रहेका परम्परागत उपभोक्ताले ऐनको दफा २४ र दफा ३१ बमोजिम साझेदारी वन उपभोक्ता समूह गठन गर्न आवश्यक सहयोगका लागि सब डिभिजन वन कार्यालय मार्फत वा सोझै डिभिजन वन कार्यालयमा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२). बमोजिमको निवेदन परेमा डिभिजनल वन अधिकृतले यथाशक्य चाँडो आवश्यक सहयोग उपलव्ध गराउन प्राविधिक कर्मचारीलाई सम्बन्धित क्षेत्रमा खटाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम खटिएको कर्मचारीले उपभोक्ताले माग गरेको वनक्षेत्र साझेदारी वनको रुपमा व्यवस्थापन गर्न उपयुक्त हुने देखेमा सम्बन्धित स्थानीय तह वा अन्तर्गतका वडा कार्यालय समेतको सहयोग लिई साझेदारी वन उपभोक्ता समूह गठन गर्न र सोको विधान तयार गर्न उपभोक्तालाई सहयोग गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम उपभोक्ता पहिचान गरी साझेदारी वन उपभोक्ता समूह गठन गर्दा वडा, गाउँपालिका, नगरपालिका, जिल्ला वा प्रदेशको भौगोलिक सीमानाले कुनै असर पार्ने छैन। (६) साझेदारी वन उपभोक्ता समूहको विधानमा अनुसूची-३२ मा उल्लिखित विषय समावेश भएको हुनु पर्नेछ।
(७) उपनियम (६) बमोजिम तयार भएको : साझेदारी वन उपभोक्ता समूहको विधान त्यस्तो उपभोक्ता समूहको साधारण सभाबाट पारित गरी समूह दर्ताको लागि अनुसूची-२० बमोजिमको ढाँचामा सम्बन्धित डिभिजन वन कार्यालयमा निवेदन दिनु पर्नेछ।
(८) उपनियम (७) बमोजिम साझेदारी वन उपभोक्ता समूह दर्ताको लागि निवेदन परेमा र त्यस्तो उपभोक्ता समूह ऐन र यस नियमावली बमोजिम _गठन_भएको देखिएमा डिभिजनल वन अधिकृतले त्यस्तो साझेदारी वन उपभोक्ता समूह दर्ता गरी अनुसूची-३३ बमोजिमको ढाँचामा प्रमाणपत्र दिनु पर्नेछ।
(९) साझेदारी वन उपभोक्ता समूह एक प्रतिनिधिमूलक संस्था हुनेछ।
(१०) साझेदारी वन उपभोक्ता समूहमा देहाय बमोजिमका सदस्य रहनेछन्:-
(क) नियम ६० बमोजिम निर्धारण गरिएको साझेदारी वन व्यवस्थापन क्षेत्रभित्र पर्ने प्रत्येक वडाको वडास्तरीय उपभोक्ता भेलाबाट छनोट भएका दुईजना महिला, उपलब्ध भएसम्म दलित, आदिवासी जनजाति र मधेशीबाट एक- एकजना सहित जम्मा सातजना,
(ख) नियम ६० बमोजिम निर्धारण गरिएको साझेदारी वन व्यवस्थापन क्षेत्रभित्र पर्ने प्रत्येक स्थानीय तहको कार्यपालिकाबाट एकजनाको दरले छनोट भएका प्रतिनिधि,
(ग) नियम ६० बमोजिम निर्धारण-गरिएको साझेदारी वन व्यवस्थापन क्षेत्रभित्र पर्ने प्रत्येक वडाको वडा अध्यक्षले तोकेको वडा सदस्य एक जना।
(११) उपनियम (१०) को. खण्ड (क) बमोजिमका सदस्य नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट आर्थिक लाभ प्राप्त गर्ने व्यक्ति हुनु हुँदैन ।
(१२) उपनियम (१०)-को खण्ड (क) बमोजिमका सदस्य मध्येबाट छनोट भएको व्यक्ति साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष हुनेछ।
(१३) साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष तथा सदस्यको पदावधि सो समूहको विधानको अधीनमा रही बढीमा पाँच वर्षको हुनेछ।
(१४) /कुनै पनि व्यक्ति साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष पदमा बढीमा दुई कार्यकाल मात्र छनोट हुन पाउनेछ।